7 years ago
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ ।
पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । यस विश्वकपको यो पहिलो गोलरहित बराबरी पनि थियो । यी नतिजासंगै ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ । पेरुले ३ अंक आफ्नो खातामा जोड्यो भने अष्ट्रेलियाले १ अंक मात्र जोड्न सफल रह्यो ।
अब फ्रान्सले समूह ‘डी’को उपविजेता र डेनमार्कले समूह ‘डी’को विजेताको सामना गर्ने छन् । समूह ‘डी’ का अन्तिम खेलहरु आज ११.४५ बजे खेलिंदैछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल जारी छ। पहिलो हाफमा नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा सकिएको छ। खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सबिता राना मगरले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो।जहाँ म्याट नोइ खिनले फ्रि-किकमा सीधै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]