7 years ago
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा जावलाखेलले विभागीय नेपाल पुलिस क्लबमाथि १–० को झिनो जित निकाल्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
जावलाखेलको जितमा निरज चौधरीले पहिलो हाफमा गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा निरजले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए ।
त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास खेर गएपछि जावलाखेलको जितमा पर्याप्त बन्यो । पुलिस पहिलो खेलमा मोरङसँग १–० ले नै पराजित भएको थियो । मंगलबार नै भएको अर्को खेलमा मोफसलको मोरङ फुटबल क्लब र ब्रिगेड ब्वाइजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
पहिलो हाफ बराबरीमा सकिएपनि ५५ औं मिनेटमा मोरङले पारस खत्रीको गोलबाट अग्रता बनाएको थियो । तर, मोरङको त्यो अग्रता १ मिनेट पनि टिकेन । ब्रिगेडका अनुप गुरुङले ५६ औं मिनेटमा बराबरी गोल फर्काए ।
त्यसपछि दुवै टोलीले गोल गर्न नक्दा खेल १–१ गोलको बराबरीमा सकियो । बराबरीपछि मोरङको दुई खेलबाट ४ अंक पुगेको छ । अपराजित नै रहेको ब्रिगेड ब्वाइजको दुई खेलबाट दुई अंक नै रहेको छ । पुलिसले भने अंक जोड्न सकेको छैन ।
प्रतियोगिता अन्र्तगत बधबार समूह ‘सी’ का दुई खेल हुदैछ । पहिलो खेलमा सिएमजी क्लब संकटा र झापा–११ ले दिउसो १ः३० बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा दिउसो ४ बजे च्यासल युथ क्लब र विभागीय नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल जारी छ। पहिलो हाफमा नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा सकिएको छ। खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सबिता राना मगरले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो।जहाँ म्याट नोइ खिनले फ्रि-किकमा सीधै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]