7 years ago
June 26, 2018
एजेन्सी (मस्को)– फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा मंगलबार राति उपाधिको दावेदार फ्रान्सले डेनमार्कको सामना गर्दैछ । खेल मस्कोस्थित लुज्निकी स्टेडियममा साँझ ७ः४५ बजेपछि हुनेछ ।
फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ भने डेनमार्क बलियो फ्रान्सलाई स्तब्ध पारेर समुहविजेता बन्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि अघिल्लो चरण प्रवेश गर्ने डेनमार्क फ्रान्सविरुद्धको खेलमा संयमित भएर खेल्नेछ । पराजित भएको खण्डमा भने डेनमार्कलाई केही गाह्रो हुनेछ । अर्काे खेलमा अष्ट्रेलियाले पेरुलाई पराजित गरे गोल अन्तरमा पछि पार्न सक्नेछ । यस्तो अवस्थामा डेनमार्कका प्रशिक्षक एज हराइडेले फ्रान्सविरुद्धको खेलमा सचेत भएर खेल्ने रणनीति अपनाउनेछ । तर, टोलीमा क्रिष्टियन इरिक्सनले कुनैपनि बेला खेल परिवर्तन गर्ने क्षमता राख्दछन् ।
यता, फ्रान्सका प्रशिक्षक ड्रिडियर डेसच्याम्पले समूहमा ६ अंक जोडिसकेका कारण डेनमार्कविरुद्धको खेलमा अवस्था हेरेर खेल खेलाइने बताएका छन् । ‘समूहमा हामीले ६ अंक जोडिसकेका छौं । हामी सुरक्षित पनि छौं । डेनमार्कविरुद्धको खेलमा विपक्षी टिमको रणनीति र आफ्नो खेलाडीको अवस्था हेरेर खेल्नेछौं ।’ प्रि म्याच कन्फ्रेसमा प्रशिक्षक डेसच्याम्पले भने, ‘कोही खेलाडी घाइते होलान्, कोही दोहोरो कार्डको शिकार हुन सक्छन् । अर्काे चरणको लागि भएपनि डेनमार्कविरुद्धको खेलमा खेलाडीको अवस्था हेरेर मात्रै खेलाउने छ ।
प्रशिक्षक डेसच्याम्पले कप्तान तथा गोलरक्षक ह्युगो लोरिसलाई आरमा दिने बताएका छन् । यस अर्थ फ्रान्सको कप्तानी डिफेन्डर राफेल भरानेले गर्नेछन् । यि दुई टोली अहिलेसम्म १३ पटक भिडेका छन् । जसमध्ये ८ खेल फ्रान्सले जित्दा ४ खेलमा डेनमार्क विजयी भएको छ भने १ खेल बराबरीमा सकिएको छ । डेनमार्कले २००२ को विश्वकपमा २–० ले पराजित गरेयता फ्रान्सलाई पराजित गर्न सकेको छैन ।
यता एसियन राष्ट्र अष्ट्रेलियालाई अर्काे चरण प्रवेशको लागि पेरुलाई जित्नैपर्ने दवावमा छ । डेनमार्कलाई बराबरीमा रोक्न सफल अष्ट्रेलियालाई अर्काे चरण प्रवेशको लागि फ्रान्ससँग डेनमार्कको हार र आफुले पनि पेरुलाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने दवाव छ । जुन बलियो पेरुविरुद्ध असम्भव जस्तै छ । पेरु समूह चरणबाट बाहिरीसकेका कारण उसले विना कुनै दवाव खेल्नेछ । अन्तिम खेलमा जित हात पार्दै घर फर्कने योजनामा पेरु हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]