default_image

6 years ago

June 26, 2018

तथ्याङ्कमा रूस विश्वकप-रोनाल्डोले केनसँग बराबरी गर्ने मौका गुमाए

71 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३६ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, पेरु, कोस्टारिका, ट्युनिसिया, पानामा र पोल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । सोमबार समूह ए र बीका खेल खेलको नतिजा पछि समूह एमा उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बनेको छ ।

त्यस्तै समूह बीमा दुवै खेल बराबरीमा सकिएपछि स्पेन विजेता र पोर्चुगल उपविजेता बनेका छन् । अब प्रि क्वार्टरफाइनलमा उरुग्वे र पोर्चुगल तथा स्पेन र रसियाबीच प्रतिस्पर्धा हुनेछ । इरानसँग १–१ रोकिएको खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो जारी विश्व कपमा सर्वाधिक गोलकर्ता ह्यारी केनसँग बराबरी गर्ने मौका चुकाएका छन् ।

रोनाल्डोले खेलको ५३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहारलाई इरानका गोलकिपरले रोकेका थिए । केनको ५ गोल छ भने रोनाल्डो र बेल्जिमका रोमेलु लुकाकुको समान ४ गोल छ । इरानी खेलाडीलाई फाउल गरेपछि रोनाल्डोले सो खेलमा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो । समूह चरण अन्र्तगत आज समूह ‘सी’ र ‘डी’ का चार खेलहरु हुनेछन् । उपाधिको दावेदार मेस्सीको अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध निश्चिज जितको खाचो छ ।

अहिले सम्म तथ्याङ्कमा रसिया विश्व कप

समूह चरण (पहिलो राउण्ड)
खेल संख्या ३६
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जे्न्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)
समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
२९ खेलमा जित र हारको नतिजा निस्कदा ७ खेलमा बराबरीमा सकिएको छ ।

गोल सङ्ख्याः ९७ गोल
पहिलो हाफः ४१ गोल
दोस्रो हाफः ५६ गोल
पेनाल्टी गोलः १५ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट), (सासी–ट्युनिसिया), (इडेन हजार्ड–बेल्जियम), (कार्लाेस भेला–मेक्सिको), (ह्यारी केन २ गोल–इंग्ल्यान्ड), (सलमान अर फराज– साउदी अरेविया) र (करिम अन्सारीफार्ड–इरान)
पेनाल्टी मिसः ४ गोल (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड) र क्रिष्टियानो रोनाल्डो–पोर्चुगल
फ्रिकिक गोलः ५ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः ६ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को), (ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया), (थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल), (अहमेद फाथी–इजिप्टविरुद्ध रसिया) र (डेनिस चेरेसेभरूसविरुद्ध उरुग्वे)

पहेलो कार्डः ११५
रातो कार्डः ३ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान) (जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो) र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो)
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ६ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन)

सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल), (रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल– अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे र मोहम्मद सलाह
विभिन्न देशका ५४ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.