7 years ago
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गए राति विश्वकप समूह ‘ए’ र ‘बि’का खेलहरु टुंगिएका छन् भने आज समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । आजका खेलहरु यस प्रकारका रहेका छन् :
समूह ‘सी’
समय – ७.४५ बजे
अष्ट्रेलिया विरुद्ध पेरु
डेनमार्क विरुद्ध फ्रान्स
समूह ‘डी’
समय – ११.४५ बजे
नाइजेरिया विरुद्ध अर्जेन्टिना
आइसल्यान्ड विरुद्ध क्रोएसिया
समूह ‘सी’ बाट फ्रान्स छनोट भइसकेको छ भने पेरु बाहिरिसकेको छ । डेनमार्क छनोट हुने बलियो स्थितिमा रहे पनि अष्ट्रेलियाको सम्भावना जीवितै छ । अर्को तर्फ, क्रोएसियाले पनि आफ्नो नाम अन्तिम १६ मा लेखाइसकेको छ भने नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिनामध्ये कुनै एक राष्ट्र अन्तिम १६ मा प्रवेश गर्ने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]