default_image

6 years ago

June 26, 2018

समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

47 views

0 Bookmark

मस्को (एजेन्सी)– समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेको छ । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले ।

३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक पुगेको छ । प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि क्वार्टरमा स्पेनले समूह ‘ए’को उपविजेता रसिया तथा पोर्चुगलले समूह एको विजेता उरुग्वेको सामना गर्नेछ ।

पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिज्माले दिलाएको अग्रतालाई जोगाउँदै पोर्चुगलले दोस्रो हाफमा जोगाउन सकेन । खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बाढेका थिए । त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । आफैलाई फाउल गरेर प्राप्त पेनाल्टी रोनाल्डोले प्रहार गर्दा इरानी गोलकिपरले रोकेका थिए ।

अर्को खेलमा दुई पटक पछि परेर पनि स्पेनले खेलमा बराबरी गरेको थियो । रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४ औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि नै गोल गर्दै खेलमा फर्केको थियो ।

इस्कोले बराबरी गोल फर्काएका थिए । ८१ औं मिनेटमा युसेफ इन नेन्रीको हेड गोलमा मोरोक्कोले पुनः अग्रता लियो । तर इन्जुरी समयमा इगो आसपासले गोल फर्काएँदै स्पेनलाई हारबाट जोगाएका थिए ।

स्पेन र पोर्चुगलले पहिलो खेलमा ३–३ को बराबरी खेलेको थियो । अन्य खेलमा स्पेनले इरानलाई , पोर्चुगलले मोरोक्कोलाई र इरानले मोरोक्कोलाई समान १–० ले हराएको थियो ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.