default_image

7 years ago

June 26, 2018

पहिलो हाफमा- पोर्चुगलको अग्रता, स्पेन बराबरीमा

66 views

0 Bookmark

मस्को (एजेन्सी)– विश्व कपमा समूह बीका दुई मध्ये एक खेलमा इरानविरुद्ध पोर्चुगलले अग्रता लिएको छ भने स्पेन र मोरोक्कोले पहिलो हाफमा बराबरी खेलेका छन् ।एकै समयमा भइरहेको खेलको पहिलो हाफको समाप्तीमा पोर्चुगलले एसियाली मुलुकमाथि १–० अग्रता लिएको छ । स्पेन र मोरोक्कोबीचको पहिाले हाफ १-१ को बराबरी रहेको छ ।

पहिलो हाफको अन्तिम मिनेटमा करिज्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । अर्को खेलमा भने पछि परेको अवस्था उल्टाउँदै स्पेनले बराबरी गरेको थियो । रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४ औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए । खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि नै गोल गर्दै खेलमा फर्केको थियो ।

दुई खेलमा अहिलेकै अवस्थामा खेल अन्त्य भएमा पोर्चुगल समूह विजेता र स्पेन उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछ । मोरोक्को प्रतियोगिताबाट बाहिरिसकेको छ भने इरानले पोर्चुगलसँगको खेल हारेमा प्रतियोगिताबाट बाहिरिनेछ । अघिल्लो दुई वटा खेलको समाप्तीमा स्पेन र पोर्चुगलले समान ४ र इरानले ३ अंक जोडेको थियो । मोरोक्कोले अंक जोड्न सकेको थिएन ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.