default_image

7 years ago

June 25, 2018

‘नाइजेरियाविरुद्ध मेस्सी फरक देखिनेछन् !’

70 views

0 Bookmark

मस्को (एजेन्सी)– अर्जेन्टिनाको अहिलेको अवस्थाबाट लियोन मेस्सी दिक्दार बनेकोे स्वीकार गर्दै जाभियर मास्केरानोले अर्को खेलमा भने टोली पुरै उच्च मनोबलका साथ उत्रने बताउका छन् । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रा कठिन बनेको छ ।

 

आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि दुवै खेलमा अत्यन्तै दबाब थियो । अब मंगलबार नाइजेरियाविरुद्ध हुने खेल जित्न सकेको खण्डमा मात्र नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको सम्भावना बाँकी रहन्छ । अर्जेन्टिना अघि बढ्नका लागि नाइजेरिया हारेर मात्र हुने छैन, क्रोएसियाले पनि आइसल्यान्डलाई हराउनुपर्ने हुन सक्दछ ।

मास्केरानोले मेस्सी नाइजेरियाविरुद्ध खेल्न आतुर रहेको र समूह चरणबाट टोलीलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । ‘लियो ठिक छन् , उनले भने, सामूहिक रुपमा हामीले चाहे जस्तो गर्न सकेनौं त्यसले हामी आफै दिक्दार छौं । उनी पनि मान्छे हुन् । उनलाई पनि दिक्का लागेको छ । तर परिस्थितिलाई बदल्नका लागि उनी आतुर छन्। अहिले दुई खेलमा हाम्रो जुन छवि बनेको छ उनी विश्वलाई फरक रुपमा प्रस्तुत भएर देखाउन चाहन्छन् ।’

प्रशिक्षक जर्ज साम्पोलीसँग खेलाडी रिसाएको र सिनियर खेलाडीले नै नाइजेरियाविरुद्धको खेलका लागि पहिलो रोजाई टोली तयार पार्ने सम्भावना रहेको बताइएको छ । तर, मास्केरानोले ती सबै विषयलाई अस्वीकार गरेका छन् । खेलाडी र प्रशिक्षकबीच पहिला जस्तै सम्बन्ध रहेको बताएका छन् ।

‘हाम्रो सम्बन्ध साम्पोलीसँग सामान्य छ । यदि कहि असमझारी भएमा हामी आवाज उठाउने छौं, हामी ढोग गर्दैनौं,’ उनले भने, ‘असहमतिले टोलीलाई कमजोर बनाउछ । त्यसैले हामी एकजुट हुनुपर्दछ । हामी २३ जनाको टोली छ ।’ उनले सोचे जस्तो खेल्न नसकेको जनाउँदै त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.