7 years ago
June 25, 2018
समारा (एजेन्सी) – आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।
उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको थियो । दोस्रो हाफको ९० औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका हुन् ।
अर्को खेलमा, प्रतियोगिताबाट बाहिरिसकेका साउदी अरेबियाले इजिप्टलाई २-१ ले हराउन सफल रह्यो । मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी एल हाड्रिले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराज चुकेनन् । ४५ वर्षे एल हाड्रि विश्वकपमा खेल्ने सबैभन्दा जेठो खेलाडी पनि बनेका छन् ।
साउदीका लागि अल-डसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । उरुग्वेको ९ अंक रहेको छ भने रुसको ६ अंक रहेको छ । साउदी अरेबियाले ३ अंक बटुल्न सफल रह्यो भने इजिप्ट अंकविहीन रह्यो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]