7 years ago
June 25, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् ।
उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको हो ।
अर्को खेलमा, इजिप्टले मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको हो । पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी एल हाड्रिले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराज चुकेनन् । ४५ वर्षे एल हाड्रि विश्वकपमा खेल्ने सबैभन्दा जेठो खेलाडी पनि बनेका छन् ।
उरुग्वे र रुस यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसके भने साउदी अरेबिया र इजिप्ट प्रतियोगिताबात बाहिरिसकेका छन् ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]