default_image

7 years ago

June 25, 2018

ललित स्मृति फुटबलमा झापाको विजयी सुरुवात

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको रमपम झापा–११ फुटबल क्लबले राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत समूह ‘सी’ अन्र्तगत सोमबार भएको खेलमा ललितपुरको च्यासल युथ क्लबलाई ३–१ को गोल अन्तरमा पराजित गर्दै झापाले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा झापालाई जित दिलाउन रमन भुजेलले २ तथा बुद्ध तामाङले १ गोल गरे । च्यासलका शम्भु ब्यन्जनकारले १ गोल फर्काए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रमक फुटबल खेल्दा सबै चार गोल सम्भव भएको हो ।

खेलको ५८ औं मिनेटमा रमन भुजेलले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । ७४ औं मिनेटमा शम्भु व्यन्जनकारले पेनाल्टीमा गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत दिए । तर, ८३ औं मिनेटमा रमनले पेनाल्टीबाटै गोल गर्दै झापालाई फेरि २–१ को अग्रता दिलाए । इन्जुरी समयमा बुद्ध तामाङले गोल गर्दै झापालाई ३–१ को महत्वपूर्ण जित दिलाए ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.