7 years ago
June 25, 2018
मस्को (एजेन्सी)– इङ्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्ध हुने समूह चरणको अन्तिम खेल्दै टोलीलाई समूह विजेता बनाउन इच्छा रहेको बताएका छन् । समूह चरणका २ खेलमा ५ गोल गरेका केन जारी विश्व कपको उच्चकर्ता हुन् । पहिलो खेलमा २ गोल गरेका केनले आइतबार पानामाविरुद्ध ह्याट्रिक गरेका थिए ।
उनले बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । लुकाकु र रोनाल्डोको समान ४ गोल गरे । कतिपय सञ्चारमाध्यमले भने ट्युनिसियाविरुद्धको खेलमा चोट लागेका कारण इङ्ल्यान्डसँगको खेलमा लुकाकुलाई आराम दिने सम्भावना छ ।
तर केन भने आराम नभई समूह चरणको अन्तिम खेलमा पनि आबद्ध हुन चाहन्छन् । ‘ जुन लयमा छु म त्यसलाई निरन्तरता दिन चाहन्छु । तर, जे निर्णय हुन्छ मैले त्यसको सम्मान गर्नुपर्दछ,’ केनले भने,‘ को खेल्ने भन्ने उनको निर्णय हो । तर, म निश्चय नै खेल्न चाहन्छु ।’
टोलीले खेल जित्नु सबैभन्दा महत्वपूण भएको उल्लेख गर्दै थपे,‘ त्यसमा मेरो गोल सहयोगी हुन्छ भने त्यो पक्कै राम्रो हो । हामीले लामो यात्रा तय गर्नुछ । हाम्रो टोलीमा मेरो पछाडि थुप्रै उत्कृष्ट खेलाडी छन् । आशा गरौं मैले बिहीबारको खेलमा निरन्तरता दिनेछु ।’
केनले इङ्ल्यान्डले समूहको विजेता बन्नु पर्नेमा जोड दिएका छन् । ‘हामीले शीर्षस्थान हासिल गर्नु महत्वपूर्ण हुनेछ ,’ उनले भने,‘ पहेलो कार्ड वा अरु केहि कारणले अहिले हामी अगाडि छौं । तर, हामी खेल जित्ने प्रयासमा हुनेछौं, जसले अघिल्ला चरणहरुमा त्यो लयले साथ दिनेछ ।’
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]