default_image

7 years ago

June 25, 2018

आयोजक रसियाको समूह विजेता बन्ने लक्ष्य

80 views

0 Bookmark

एजेन्सी (सामरा) –रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा सोमबारबाट समूह चरणको तेस्रो तथा अन्तिम राउन्डका खेलहरु शुरु हुदैछन् ।


समूह चरणको अन्तिम राउन्डको खेलमा समूह विजेता बन्ने लक्ष्यमा रहेको आयोजक राष्ट्र रसियाले उरुग्वेको सामना गर्दैछ । खेल सामरा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ ।

समूह चरणको एक खेल अगावै दुवै टोली प्रि–क्वार्टरफाइलमा पुगिसकेका कारण उनीहरुको लक्ष्य समूह विजेता बन्ने लक्ष्य हुनेछ । शुरुवाती दुई खेलमा दमदार प्रदर्शन गरेको आयोजक रसिया उरुग्वेलाई पनि पराजित गर्दै समूह विजेता बन्ने दाउमा हुनेछ ।

समूह चरणको पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरेवियालाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको रसियाले दोस्रो खेलमा अफ्रिकी प्रतिद्धन्द्धी इजिप्टमाथि ३–१ को सहज जित निकालेको थियो । उरुग्वेविरुद्धको खेलमा डेनिस चेरेसेभ र अर्टिम ज्युभा मुख्य हतियार हुनेछन् । यि दुई टोलीले यसअघिका दुवै खेलमा गोल गर्न सफल भएका छन् ।

यता, समूह चरणको दुवै खेलमा कठिन जित निकालेको दक्षिण अमेरिकी टोली उरुग्वे अन्तिम खेलमा पनि यही नतिजा दोहो¥याउदै समूह विजेता बन्ने योजनामा हुनेछ । इजिप्टविरुद्धको पहिलो खेलमा जोसे गिमिनेज र साउदीविरुद्धको दोस्रो खेलमा लुइस स्वारेजले गोल गरेका थिए । आक्रमक अग्रपङ्ति भएपनि उरुग्वेले गोलका लागि संघर्ष गरिरहेको छ ।

आफ्नो यही कमजोर पक्षलाई सुधार्दै उरुग्वे गोल रसियाविरुद्ध मैदानमा उत्रनेछ । उरुग्वेसँग लुइस स्वारेजसँगै इडिन्सन काभनी, डिएगो गोडिनर कार्लाेस साञ्चेजजस्ता खेलाडीहरु रहेका छन् । उनीहरूले जुनसुकै समय पनि नतिजा उल्ट्याउने क्षमता राख्दछन् ।

बराबरीले पनि रसिया गोल अन्तरमा अघि रहँदै समूह विजेता बन्नेछ । यि दुई टोली दोस्रोपटक आमने सामने हुन लागेको हो । यसअघि २०१२ को मैत्रीपुर्ण खेलमा यि दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

यही समूहमा प्रतियोगिताबाट बाहिरिसकेको इजिप्ट र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

February 23, 2025

नेपाल बलियो म्यानमारको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]

Success

Thank you for your time.