default_image

6 years ago

June 25, 2018

विश्व कपमा समूह चरणका ३२ खेल सकिदा के भए? रोनाल्डो भन्दा केन अगाडि

51 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३२ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ६ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । आठ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । रसिया, उरुग्वे, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।

इजिप्ट, साउदी अरेबिया, मोरक्को, पेरु, कोस्टारिका, ट्युनिसिया, पानामा र पोल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । समूह चरण अन्र्तगत आजबाट तेस्रो तथा अन्तिम चरणका खेलहरु शुरु हुनेछ । आज समूह ‘ए’ र ‘बी’ का चार खेलहरु हुनेछन् ।

एकै समयमा उरुग्वेले रसियाविरुद्ध खेल्दा इजिप्टले साउदी अरेवियाको सामना गर्नेछ । खेल ७ः४५ बजेपछि हुनेछ । स्पेनले मोरक्को विरुद्ध खेल्दा सोही समय अर्थात ११ः४५ बजे इरान र पोर्चुगलबीच खेल हुनेछ ।

समूह चरण (पहिलो राउण्ड)
खेल संख्या ३२
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)
२७ खेलमा जित र हारको नतिजा निस्कदा ५ खेलमा बराबरीमा सकिएको छ ।
गोल सङ्ख्याः ८५ गोल
पहिलो हाफः ३४ गोल
दोस्रो हाफः ५१ गोल
पेनाल्टी गोलः १३ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट), (सासी–ट्युनिसिया), (इडेन हजार्ड–बेल्जियम), (कार्लाेस भेला–मेक्सिको) र ह्यारी केन २ गोल–इंग्ल्यान्ड)
पेनाल्टी मिसः ३ गोल (मेस्सी–अर्जेन्टिना, क्रिष्टियन कुयुभा–पेरु र गिल्फी सिगुर्डसन–आइसल्याण्ड)
फ्रिकिक गोलः ४ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)

पहेलो कार्डः ९७
रातो कार्डः २ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान र जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो)
ह्याट्रिकः २ (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ५ गोल (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा र केइसुके होन्डा–जापान)
सर्वाधिक गोलकर्ता
५ गोल (ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल), (रोमेलु लुकाकु–बेल्जियम)
३ गोल (डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल (अर्टिम ज्युुभा–रसिया), (जेडिनाक–अष्ट्रेलिया), (लुका मोड्रिक–क्रोएसिया), (फिलिपे कौटिन्हो–ब्राजिल), (अहमेद मुसा–नाइजेरिया), (इडेन हजार्ड–बेल्जियम) र (जोन स्टोन–इंग्ल्यान्ड)
विभिन्न देशका ४७ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.