7 years ago
June 25, 2018
काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो ।
कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।
४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।
यसअघि समूहको अर्को खेलमा जापान र सेनेगलले २–२ बराबरी खेलेका थिए । समान ४ अंक जोडेका यी दुई टोली मध्ये जापान शीर्ष स्थान र सेनेगल दोस्रो स्थानमा छ । कोलम्बिया ३ अंकसहित समूहको तेस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई समान २–१ ले हराएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]