7 years ago
June 25, 2018
काजान (एजेन्सी)– विश्व कपको समूह एच अन्तर्गतको खेलमा पोल्यान्डविरुद्धको खेलको पहिलो हाफमा कोलम्बियाले अग्रता लिएको छ । पहिलो हाफको अन्त्य तिर गोल गर्दै कोलम्बियाले १–० ले अगाडि लागेको छ । ४० औं मिनेटमा यरि मिनाको गोलमा कोलम्यिाले अग्रता लिएको हो ।
पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । यो अग्रतालाई जोगाउन सकेको खण्डमा कोलम्बियाको प्रि क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।
खेलमा फर्कन नसेकेको खण्डमा पोल्यान्ड भने विश्व कपबाट बाहिरिनेछ । पहिलो खेल गमाइसकेका कोलम्बिया र पोल्यान्ड दुवैका लागि यो खेल महत्वपूर्ण छ । यसअघि समूहको अर्को खेलमा जापान र सेनेगलले २–२ बराबरी खेलेका थिए ।
समान ४ अंक जोडेका यी दुई टोली मध्ये जापान शीर्ष स्थान र सेनेगल दोस्रो स्थानमा छ । पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई समान २–१ ले हराएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]