7 years ago
June 24, 2018
इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् ।
सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई ११ औं मिनेटमा अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका थिए ।
१९ वर्षे युवा खेलाडी मुसा वागले सेनेगलका लागि गोल गर्दै फेरी अग्रता दिलाए । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका हुन् ।
त्यस्तै, परिवर्तित खेलाडीका रुपमा आएका काइसुके होन्डाले ७८ औं मिनेटमा गोल गर्दै जापानको १ अंक सुनिश्चित पारेका हुन् । जापान र सेनेगल दुवैको ४-४ अंक भएको छ भने अंकविहीन रहेका पोल्यान्ड र कोलम्बिया केही बेरमा खेल्दै छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]