default_image

6 years ago

June 25, 2018

‘विश्व कप नजित्दा सम्म सन्यास लिन्न’ -मेस्सी

46 views

0 Bookmark

मस्को (एजेन्सी)– खेल जीवनमा विश्व कप जित्नै पर्ने सबैभन्दा बढी दबाब झल्ने खेलाडी मध्ये अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी हुन् । क्लब जीवनमा सबै खाले उपलब्धि हासिल गरिसकेका मेस्सीले देशका लागि अहिले सम्म महत्वपूर्ण उपाधि जित्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

दिक्दार पार्ने गरि विश्व कपका बारेमा मेस्सीलाई सोध्ने गरिएपनि उनले देशका लागि फुटबलको सबै भन्दा प्रतिष्ठित उपाधि विश्व कप नजितेसम्म बुट नथन्याउने दाबी गरेका छन् । आइबार ३१ औं वर्षमा प्रवेश गरेका मेस्सीले देशका लागि विश्व कप जित्ने सपना अझै नत्यागेको बताएका छन् ।

‘अर्जेन्टिनाका लागि विश्व कप विशेष छ, सँगै मेरा लागि पनि, ‘ उनले भने, ‘विश्व कप उपाधि उठाएको सपना सधै देख्ने गरेको छु । त्यसले भावुक पनि बनाउछ । त्यो क्षण सम्झेर मेरो कपाल ठाडो हुन्छ । यसले लाखौं अर्जेन्टिनीलाई खुसी बनाउनेछ ।’

यी सबै पृष्ठभूमि सम्झेर विश्व कप जित्ने सपना त्याग्न नसक्ने बताएका छन् । ‘मैले सबै महत्वपूर्ण उपाधि जितेको छु । म यसको सुखद अन्त्य चाहन्छु,’ उनले भनेका छन्, ‘देशलाई विश्व विजेता नबनाई सक्रिय खेल जीवनबाट सन्यास लिने चाहना छैन ।’

मेस्सी र उनको टोलीले रसिया विश्व कपमा सन्तोषजनक सुरुवात गर्न सकेनन् । २ खेलमा टोलीले मात्र १ अंक जोडेछ । आइसल्यान्डसँग पहिलो खेलमा १–१ को बराबरी खेलेको अर्जेन्टिना पछिल्लो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।

समूहमा नाइजेरियाले आइसल्यान्डलाई हराएपछि अर्जेन्टिनाको अघि बढ्ने सम्भावना अझै जीवित छ । यद्दपी त्यसका लागि अफ्रिकन टोलीसँगको खेल अर्जेन्टिनाको लागि महत्वपूर्ण हुनेछ ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.