default_image

7 years ago

June 24, 2018

एसियाडका लागि युवा टोलीको घोषणा- किरण, रोहित र भरत छानिए

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू २३ टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आइतबार युवा टोलीको घोषणा गरेका हुन् ।

टोलमिा ३ खेलाडी २३ वर्षमाथिका राख्न पाउने प्रावधान अनुसार टोलीमा राष्ट्रिय टोलीका सदस्य रहेका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवासलाई समावेश गरिएको छ ।

एन्फाले प्रारम्भिक चरणमा ५२ खेलाडीबाट प्रशिक्षणमा बोलाएको थियो । पटक पटकको छनोटपछि आइतबार अन्तिम नामावली सार्वजनिक गरिएको हो । १८ औं एसियाली खेलकुद इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुनेछ ।

एसियाली खेलकुदका लागि खेलाडी छनोट
१. किरण कुमार लिम्बु
२.एलेन न्यौपाने
३.सोजित गुरुङ
४. अनन्त तामाङ
५.आदित्य चौधरी
६.कमल श्रेष्ठ
७. सुमन अयौल
८. दिनेश राजवंशी
९.रोहित चन्द
१०.हेमन गुरुङ
११. हेमन्त थापामगर
१२. गौरव बुढाथोकी
१३. छिरिङ गुरुङ
१४. अन्जन विष्ट
१५. सुनिल वल
१६. भरत खवास
१७. सुमन लामा
१८. अभिषेक रिजाल
१९. तेज तामाङ
२०.विमल घर्तीमगर
मुख्य प्रशिक्षक : ग्योतोकु कोजी
प्रशिक्षक : बाल गोपाल महर्जन

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]

February 23, 2025

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]

Success

Thank you for your time.