default_image

6 years ago

June 24, 2018

ललित मेमोरियल फुटबलमा मोरङको जित

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा मोफसलको हाइलाइफ मोरङ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा मोरङले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को झिनो जित निकालेको हो । 

मोरङको जितमा मनिष थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा पुलिसलाई दबावमा राखेपनि मोरङले गालका लागि ३९ औं मिनेट कुर्नुपरेको थियो । ३९ औं मिनेटमा मनीष थापाले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पहिलो खेलमा हार बेहोर्न पुग्यो ।

आइतबारै भएको अर्को खेलमा ब्रिगेड व्वाइज र जावलाखेलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलले शिशिर लेखीको गोलबाट अग्रता बनाएको थियो । ब्रिगेडका रजत तिवारीले २८ आं मिेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।  ५० औं मिनेटमा पवन शाहीले गोल गर्दै ब्रिगेडलाई खेलमा अग्रता दिलाए ।

७१ औं मिनेटमा सचु गुरुङले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा टुंंगियो र १–१ अंक बाँडे । प्रतियोगिता अन्र्तगत सोमबार समूह ‘सी’ का दुई खेलहरु हुनेछ । पहिलो खेलमा झापा ११ र च्यासल युथ क्लबले दिउसो १ः३० बजे खेल्नेछ । ४ बजे हुने सिएमजी क्लब संकटाले नेपाल एपिएफ क्लबको सामना गर्नेछ । समूह ‘ए’ बाट आर्मी र लुम्बिनी तथा समूह ‘डी’ बाट फ्रेन्डस र हिमालयन शेर्पाले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.