default_image

7 years ago

June 24, 2018

पानामा विरुद्ध इंग्ल्यान्डको ६ गोल

101 views

0 Bookmark

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्डले पानामालाई ६-१ ले हराएको छ । इंग्ल्यान्डका लागि ह्यारि केन ह्याट्रिक गरे ।

डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका थिए । पहिलो हाफको इन्जुरी समयमा फेरी पेनाल्टी जित्दै केनले स्कोर ५-० पारेको हो ।

त्यस्तै दोस्रो हाफमा केनले एक गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र प्रतियोगितामा आफ्नो पांचौं गोल दर्ता गरे । खेलको ७८ औं मिनेटमा पानामाका फिलिपे बालोयले गोल गर्दै पानामाका लागि विश्वकपमा पहिलो गोल गर्ने इतिहास रच्दै सान्तवना हात पारेको हो ।

यस जितसंगै इंग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा छनोट भएका छन् भने पानामा र ट्युनिसिया बाहिरिएका छन् ।

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । क्लबका अध्यक्ष दिपेन्द्र राईले नेपालमा भइरहेको फोर नेसन्स इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको […]

February 23, 2025

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]

Success

Thank you for your time.