default_image

7 years ago

June 24, 2018

हर्नान्डेजले एकै दिन बनाए तीन कीर्तिमान

61 views

0 Bookmark

रोस्टोभ अन डन (एजेन्सी) – मेक्सिकोका स्टार खेलाडी जेभियर हनान्डेज (चिचिरिटो) एकै दिन तीन कीर्तिमान बनाएका छन् । फिफा विश्वकप फुटबल अन्र्तगत समूह चरणको दक्षिण कोरियाविरुद्धको शनिबार दोस्रो खेलमा एक गोल गर्दै हर्नान्डेजले तीन नयाँ कीर्तिमान बनाएका हुन् ।

 

कोरियाविरुद्ध गोल गरेसँगै हर्नान्डेजले अन्तर्राष्ट्रिय गोल संख्या ५० पु¥याएका छन् । २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले १ सय ४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  यस्तै कोरियाविरुद्ध गोल गरेसँगै हर्नान्डेजले मेक्सिकोका लागि विश्वकपमा बढी गोल गर्ने खेलाडीको कीर्तिमानीसँग बराबरी गरे ।

उनले तीन विश्वकप खेल्दै ४ गोल गरेका छन् । उनी मेक्सिकोबाट तीन विश्वकपमा गोल गर्ने तेस्रा मेक्सिकन खेलाडी बने । यसअघि काउटेमोक ब्लान्को र राफा मार्कयुजले विश्वकपमा गोल गरेका थिए । मेक्सिकाले विश्व कप छनोटमा लगातार दुई खेल जित्नै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

 

 

February 23, 2025

मिडफिल्डर प्रीति नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]

February 23, 2025

फुटबल प्रशिक्षक श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]

Success

Thank you for your time.