7 years ago
June 24, 2018
कजान (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत समूह ‘एच’ को खेलमा सहजै समूह चरण पार गर्ने अनुमान गरिएको कोलम्बिया र पोल्यान्ड आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा पराजित हुन पुग्यो । कोलम्विया जापानसँग तथा पोल्यान्ड सेनेगलसँग समान २–१ ले पराजित भएको थियो । यि दुवै टोली समूहको दोस्रो राउन्डमा आज कजानमा प्रतिस्पर्धा गर्दैछन् । खेल राति ११ः४५ बजेपछि शुरु हुनेछ ।
पहिलो खलेमा हार बेहोरेको कारण दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । समूह चरणबाट अघि बढ्न दुवै टोलीलाई निश्चित जित आवश्यक छ । समूह चरणको अर्काे खेलमा विजेताद्वयले खेलिरहँदा यी दुई टोलीले पनि ३ अंकका लागि खेल्नेछन् । कोलम्बिया आफ्नै गल्तीमा जापानसँग पराजित हुन पुगेको थियो । खेलको शुरूमै १० खेलाडीमा सीमित कोलम्बियाले जापानलाई बलियो चुनौती दिएपनि पराजित गर्न सकेन ।
कोलम्बिया आफ्नो त्यो गल्तीलाई सुधार गर्दै पोल्यान्डलाई पराजित गर्दै नकआउट चरण पुग्ने योजनामा हुनेछ । प्रतिभावान् खेलाडीको कहिल्यै अभाव नहुने कोलम्बियासँग जेम्स रोड्रिग्वेज, राडामेल फल्काओजस्ता खेलाडीको साथ रहेको छ ।
कोेलम्बियाका कप्तान राडामेल फल्काओले पोल्यान्डविरूद्धको खेल फाइनल सरह भएको बताउदै ३ अंककै लागि खेल्ने बताएका छन् । पोल्यान्डले पनि कोलम्बियालाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई जीवितै राख्ने योजना बनाएको छ ।
समूह चरण पार गर्ने टोलीका रूपमा हेरिएको पोल्यान्ड पहिलो खेलमा गरेको गल्तीलाई कोलम्बियाविरुद्धको सुधार्ने प्रयासमा हुनेछ । अग्रपंक्तिमा पोल्यान्डको मुख्य हतियार कप्तान रोवर्ट लिवान्डोस्की नै हुनेछ । पोल्यान्ड र कोलम्बियाले एकब आपसमा पाँचपटक खेलेका छन् । जसमा कोलम्वियाले ३–२ ले अघि छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]
February 23, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे । नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । […]