6 years ago
June 23, 2018
रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलको पहिलो हाफमा मेक्सिकोले दक्षिण कोरियामाथि १-० को अग्रता लिएको छ ।
मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । मेक्सिकोले खेलभरी ७० प्रतिशत पोजेसन राख्न सफल भए पनि अन्य गोल भने गर्न सकेको छैन ।
मेक्सिकोले सो स्कोर कायम राख्न सक्यो भने ऊ अन्तिम १६ मा पुग्न सफल हुने छ । मेक्सिकोले अघिल्लो खेलमा जर्मनीलाई १-० ले हराएको थियो भने कोरिया स्विडेनसंग १-० ले नै पराजित भएको थियो ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]