7 years ago
June 24, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमारले विश्व कपमा कोस्टा रिकाको खेलका दौरान आफु किन भावुक बनेको सार्वजनिक गरेका छन् । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ बराबरी खेलेपछि दबाबकाबीच ब्राजिल कोस्टा रिकाविरुद्ध उत्रेको थियो ।
जुन खेल ब्राजिलले २–० ले जित्दा नेयमारले दोस्रो गोलगरेका थिए । खेलभर नेयमारले खासै प्रभाव जमाउन सकेका थिएनन् । त्यसका बावजुद उनी गोल गर्ने भने सफल भए । खेलपछि उनी किन रोए भन्ने धेरैले जान्न सकेनन् । तर, उनले सामाजिक सञ्चाल इन्स्टाग्राममा खुसी र सन्तुष्टीको आँसु रहेको खुलाएका छन् ।
‘यहाँ सम्म आइपुग्न मैले के अनुभव गरे सबैले त्यो बुझ्छन् भन्ने छैन,’ उनले लेखेका छन्,‘ त्यो आसु हर्षको आँसु हो । पुनरागमन गर्नु सहज काम होइन । सपना निरन्तर देखेका छौं । हाम्रो प्रयास सफल भएको छ ।’ लामो समय चोटका कारण मैदान बाहिर रहेका नेयमार विश्व कपको केहि दिन अघि मात्र फेर्कका थिए ।
उनी झन्डै ४ महिनापछि मैदान फर्केका थिए । स्वीट्जरल्यान्डविरुद्धको बराबरीमा नेयमारले खासै प्रभाव पार्न सकेका थिएनन् । कोस्टा रिकासँगको खेलमा पनि उनी पहिलो हाफमा मार्किङमा परेका थिए । दोस्रो हाफमा उनले केहि राम्रो प्रदर्शन गरे । फिलिप्पे काउटिन्होले अग्रता दिलाएको खेलमा नेयमार अर्को गोल थप्न सफल भए ।
४ अंकका साथ ब्राजिल समूह इको शीर्षस्थानमा रहेको छ । समूहको अन्तिम खेलमा ३ अंकको सर्बियाको सामना गर्नेछ । समूहको अर्को खेलमा ४ अंक बटुलेको स्वीट्जरल्यान्डले प्रतियोगिताबाट बाहिरिएको कोस्टा रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा फाइनल पुगिसकेका नेपाल र म्यानमार आज भिड्दै छन्। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। आजको खेलको नतिजाले लिग चरणको विजेता र उपविजेताको निर्णय गर्नेछ। नेपाल र म्यानमार दुवै लगातारको दोस्रो जितमा एक खेल अघि नै फाइनलमा पुगेका हुन्। जारी च्याम्पियनसिपमा सहभागी […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् । प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । यस्तै ऐसेलुखर्क गाँउपालिका खेलकुद विकास समितीका अध्यक्ष रजिन राईले ताम्रपत्रसहित सम्मानित […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन बताए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान […]