default_image

7 years ago

June 23, 2018

मेक्सिकोलाई कोरियाको चुनौती

54 views

0 Bookmark

रोस्टोभ अन डन (एजेन्सी) – विश्वकप फुटबल अन्तर्गत आज राति समूह चरणको समूह ‘एफ’ को दोस्रो राउन्डका खेलहरु हुदैछ ।

दोस्रो राउन्डको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाले विश्वविजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोको सामना गर्नेछ । खेल राति ८ः४५ बजेपछि रोस्टोभ एरिनामा हुनेछ ।

विश्व विजेता जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको मेक्सिको दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ । दोस्रो चरण पुग्ने मेक्सिकोको लक्ष्यमा उच्च फर्ममा रहेका हिर्भिक लोजानो मुख्य हतियार हुनेछ । हिर्भिङ लोजानोले जर्मनीविरुद्धको खेलमा निणार्यक गोल गरेका थिए । तर, मेक्सिकोले कोरियाको बलियो डिफेन्स लाइन पार गर्नुपर्ने हुन्छ ।

यता, कोरिया पहिलो खेलको गल्तीलाई सुधार्दै मेक्सिकोलाई पराजित गरेर अघि बढ्ने योजनामा हुनेछ । पहिलो खेलमा स्वीडेनसँग १–० ले पराजित भएपनि कोरियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । कोरियाबाट गोलमात्र ननिस्कदा पराजित हुन परेको थियो । बलियो डिफेन्स लाइन रहेको कोरियाले गोल स्कोरिङमा सुधार गर्न सके मेक्सिकोलाई पराजित गर्न सक्नेछ । राम्रा खेलेपनि गोल खाने र हार्ने प्रवृत्तिको कोरिया समूह चरणबाट अघि बढ्न राम्रो खेल्नुपर्नेमा दबाब छ ।

कोरिया र मेक्सिको अहिलेसम्म ६ पटक एक आपसमा खेलेका छन् । दुवै टिमले समान २ जित, बराबरी र हारको सामना गरेको छ । पछिल्लो पटक यि दुई टिमले १९९८ को फ्रान्स विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । त्यतिबेलो मेक्सिको ३–१ ले विजयी भएको थियो ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.