default_image

7 years ago

June 23, 2018

तथ्यमा अहिलेसम्मको रुस विश्वकप

90 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २६ खेलहरु सकिएका छन् ।

समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा चार टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ५ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट र साउदी अरबिया बाहिरिएका छन् । समुह ‘बी’ बाट स्पेन र पोर्चुगलले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउदा मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘सी’ बाट फ्रान्सले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा डेनमार्कले दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यो समूहबाट पेरु बाहिरिएको छ । समूह ‘डी’ बाट क्रोएसियाले नकआउट चरणमा स्थान बनाउदा शुक्रबार राति नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गरेपछि अर्जेन्टिनाको पनि नकआउट चरण पुग्ने सम्भावना जीवितै बनेको छ ।

अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई पराजित गरे तथा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरे या बराबरीमा रोके अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ । आफ्नो अनुकुल नतिजा नआए अर्जेन्टिना समूह चरणबाटै विश्वकपबाट बाहिरिनेछ । समूह ‘ईं’ बाट कोस्टारिका बाहिरिदा ब्राजिल, स्वीट्जरल्यान्ड र सर्वियामध्ये दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

समूह चरणका अन्तर्गत आज राति दोस्रो राउण्डका तीन खेल हुदैछन् । समूह ‘जी’ को आज बेल्जियम र ट्युनिसियाबीच साँझ ५ः४५ बजे खेल हुनेछ । समूह ‘एफ’ अन्तर्गत राति ८ः४५ बजे दक्षिण कोरिया र मेक्सिको तथा राति ११ः४५ बजे जर्मनी र स्वीडेनबीच खेल हुनेछ ।

समूह चरण (पहिलो राउण्ड)
खेल नम्वरः २६
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)

गोल सङ्ख्याः ५८ गोल
पहिलो हाफः २० गोल
दोस्रो हाफः ३८ गोल

पेनाल्टी गोलः ९ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट) र (सासी–ट्युनिसिया)

पेनाल्टी मिसः ३ गोल (मेस्सी–अर्जेन्टिना, क्रिष्टियन कुयुभा–पेरु र गिल्फी सिगुर्डसन–आइसल्याण्ड)

फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)

पहेलो कार्डः ७७
रातो कार्डः १ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान)

ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)

सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ (२), र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ४ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल)

३ गोल (डेनिस चेरेसेभ–रसिया र डिएगो कोष्टा–स्पेन)
२ गोल (रोमेलु लुकाकु–बेल्जियम ह्यारी केन–इंग्ल्याण्ड र अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल र अहमेद मुसा–नाइजेरिया)

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.