default_image

7 years ago

June 23, 2018

पहिलो हाफमा सर्बियाको अग्रता

75 views

0 Bookmark

कलिनइनग्राड (एजेन्सी) – पहिलो हाफको अग्रतालाई जोगाउन सर्बियाले विश्व कप समूह इमा लगातार दोस्रो जित हासिल गर्नेछ । स्वीट्रजल्यान्डविरुद्धको जारी खेलमा सर्बियाले १–० ले अग्रता बनाएको छ । अलेक्जेन्डर मिट्रोभिचले पाँचौं मिनेटमा मिनेटमा हेड गोलमार्फत दिलाएको अग्रतालाई जोगाउन सके सर्बिया समूह चरणको अन्तिम खेल अघि नै अन्तिम १६ मा पुग्नेछ ।

कोस्टा रिकालाई १–० ले हराएको सर्बियाले समूहको अन्तिम खेलमा ब्राजिलसँग खेल्नेछ । ब्राजिलले आजै भएको अर्को खेलमा कोस्टा रिकालाई २–० ले हराउँदा फिलिप्पे काउटिन्हो र नेयमारले गोल गरेका थिए । ब्राजिल पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ रोकिएको थियो ।

आजको खेलमा सर्बिया जितेको खण्डमा नकआउट चरण पुग्ने अर्को टोलीका लागि ब्राजिल र स्वीट्रल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा स्वीट्जरल्यान्डले विश्व कपबाट बाहिरिसकेको कोस्टा रिकाको सामना गर्नेछ । ब्राजिलको ४ अंक छ भने सर्बियाको ३, स्वीट्जरल्यान्डको १ अंक छ । कोस्टारिका अंक बिहिन छ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.