default_image

7 years ago

June 22, 2018

फ्रेन्डस् र हिमालयन शेर्पा क्वार्टरफाइनलमा

56 views

0 Bookmark

काठमाडौं .(हाम्रो खेलकुद) – फ्रेन्डस् क्लब र हिमालयन शेर्पा क्लब राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । फ्रेन्डस् समूह ‘डी’ को विजेताको रुपमा तथा हिमालयन शेर्पा समूह उपविजेतको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो ।

फ्रेन्डस्ले समूहमा ८ अंक् जोड्न सफल भयो । उपविजेता बनेको हिमालयन शेर्पाले ७ अंक जोड्न सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा फ्रेन्डस्ले लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दीमाथि २–१ को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो ।

फ्रेन्डस् को जितमा दुवै गोल कप्तान अनिल महर्जनले गरे । मनाङका लागि नवल गुरुङले एक गोल फर्काए । फ्रेन्डस्ले खेलको १२ औं मिनेटमा नै अनिलको गोलबाट अग्रता बनाएको थियो । २३ औं मिनेटमा नवल ले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

७६ औं मिनेटमा अनिलले गोल गरेपछि फ्रेन्डस् ले खेलमा अग्रता बनायो । अन्ततः त्यही गोल नै फ्रेन्डस्को जितमा निर्णायक बन्यो । हारसँगै मनाङ प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । यता, शुक्रबारै भएको समूहको अर्को खेलमा हिमालयन शेर्पाले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । टोलीको जितमा सन्जय धिमाल र दिवस उराउ र अनिल आलेले समान १ गोल गरे ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.