default_image

7 years ago

June 22, 2018

सर्बिया नकआउट लक्ष्यका साथ स्वीट्जरल्याण्डविरुद्ध उत्रदै

93 views

0 Bookmark

कलिनइनग्राड (एजेन्सी) – विश्व कपको समूह ‘ईं’ मा सर्बिया एक जितसहित समूहको शीर्ष स्थानमा रहेको छ । नकआउट चरण पुग्ने योजनामा रहेको सर्बिया समूहमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ ।

सर्बियाले आज राति ब्राजिललाई बराबरीमा रोक्न सफल स्वीट्जरल्याण्डको सामना गर्नेछ । खेल राति ११ः४५ बजेपछि कलिनइनग्राड स्टेडियममा हुनेछ । ठुला टिमलाई चुनौती दिन सक्ने टिम कोष्टा रिकालाई पराजित गरेर हौसिएको सर्बिया स्वीट्जरल्याण्डलाई पनि पराजित गर्दै दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउने योजनामा हुनेछ ।

सर्वियाले कप्तान एलेक्ससान्ड्रो कोलारोभको एकमात्र फ्रिकिक गोलमा कोष्टा रिकालाई १–० ले पराजित गर्न सफल भएको थियो । प्रि–क्वार्टरफाइनल प्रवेशको लागि सर्बियालाई यो खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोड्न सफल स्वतन्त्र राष्ट्र सर्विया दोस्रो खेलमा पनि स्वीट्जरल्याण्डलाई निराश पार्दै नकआउट चरण पुगेर इतिहास रच्ने योजनामा हुनेछ ।

सर्वियाले २०१० को विश्वकपपछि सर्वियाको नामबाट विश्वकप खेलेको थियो । त्यसअघि सर्विया एण्ड युगोस्लाभिया र मोन्टेनेग्रोको नामबाट विश्वकप खेलेको थियो । यता, पहिलो खेलमा उपाधिको प्रवल दावेदार ब्राजिललाई बराबरीमा रोक्न सफल स्वीट्जरल्याण्ड सर्वियाविरुद्धको खेलमा जितका लागि खेल्नेछ ।

दोस्रो चरणमा रहिरहन स्वीट्जरल्याण्डलाई निश्चि जित आवश्यक छ । संगठित प्रदर्शन गरेर ब्राजिललाई बराबरीमा रोक्न सफल स्वीट्जरल्याण्ड त्यही प्रदर्शनलाई दोहो¥याउने योजनामा हुनेछ । दुवै टोली पहिलोपटक आमने समाने हुन लागेका हुन् ।

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

Success

Thank you for your time.