7 years ago
June 22, 2018
पिटर्सबर्ग (एजेन्सी) –कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले आफ्ना खेलाडीलाई ब्राजिलियन सुपरस्टार नेयमारमाथि शारीरिक रूपमा आक्रामक नहुन सचेत गराएका छन् ।
‘नेयमार प्रतिभावान खेलाडी हुन् । यो सत्य हो । हामीले नेयमारमाथि फाउल गरेको देखिरहेका छौं । एक स्टार खेलाडीमाथि यति धेरै फाउल हुनु राम्रो हैन ’ प्रशिक्षक ओस्कारले आफ्नो टिमको प्रशिक्षणका क्रममा भनेका छन्, ‘आफ्नो टोलीलाई हारबाट जोगाउन पनि नेयमारलाई रोक्नुपर्दछ । तर, उनीमाथि आक्रामक रूपमा प्रस्तुत नहुन मेरो आग्रह हो ।’
यस्तै प्रशिक्षक ओस्कारले आज हुने खेलमा नेयमारलाई मार्क गर्न दुई खेलाडी राख्ने तर, उनीमाथि अनफेयर फाउल नगर्न खेलाडीलाई आग्रह गरेको बताएका छन् ।
समूह ‘इ’ मा ब्राजिल र कोस्टा रिकाबीचको खेल पिटर्सबर्गमा अहिले साँझ ५ः४५ बजेपछि सुरु हुनेछ । स्वीट्जरल्यान्डका खेलाडी पहिलो खेलमा नेयमारमाथि मात्रै १० फाउल गरेका थियो ।
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]