default_image

7 years ago

June 22, 2018

नेयमार कोस्टा रिकाविरुद्ध खेल्ने

57 views

0 Bookmark

मस्को (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमार विश्व कपको समूह चरणमा कोस्टा रिकाविरुद्धको खेलमा पहिलो रोजाईमा खेल्ने प्रशिक्षक टिटेले पक्का गरेका छन् । गोलीगाठाको चोटका कारण मंगलबारको अभ्यास गुमाएपछि नेयमारले खेल्नेमा शंका थियो । विश्व कपको दाबेदार मध्येको एक ब्राजिलले विश्व कप समूह चरणको पहिलो खेलमा स्वीजरल्यान्डसँग १–१ बराबरी खेलेको थियो ।

‘अहिले पनि अवस्था त्यस्तो हो । झन्डै साढे तीन महिनापछि भर्खरै मैदान फर्केका नेयमारले स्वीजरल्यान्डसँग पुरा ९० मिनेट खेले’, टिटेले भने, ‘चोटका पूर्ण रुपमा ठिक हुन त्यसले समय लिन्छ । मलाई लाग्द कम्तीमा ५ खेल लाग्छ । उनी त्यसको प्रक्रियामा छ । त्यसैले चिन्ता लिनुपर्ने कारण छैन ।’

फेब्रुअरीमा पेरिस सेन्ट जर्मेनबाट गम्भिर घाइते भएका नेयमारले ब्राजिल फर्केर शल्यक्रिया गरेका थिए । लामो समयपछि मैदान फर्केका उनले जुन १० मा अस्ट्रियाविरुद्ध ३–० को जितमा गोल गरेका थिए । टिटले टोली कोस्टा रिकाविरुद्धको खेलका लागि पुरै केन्द्रित रहेको बताएका छन् ।

पहिलो खेललाई लिएर आफुमा पनि उत्साह रहेको उल्लेख गर्दै टिटले भने, ‘पहिलो खेलमा मेरो उत्साह सकिएको छ । अब हामी कोस्टा रिका विरुद्धको खेलमा केन्द्रित छौं ।’ यसैबीच, नेयमारले चार वर्षअघि ब्राजिलमा भएको विश्व कपमा चोटका कारण कसरी सपना तोडिएको भन्ने भावुक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

February 23, 2025

भिल्लाले चेल्सीलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]

February 23, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

Success

Thank you for your time.