default_image

6 years ago

June 21, 2018

आर्मी समूह विजेता, लुम्बिनी उपविजेता

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह ‘ए’ बाट अपराजित रहेर समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।


समूह चरणको आफ्नो अन्तिम खेलमा आर्मीले मच्छिन्द्रमाथि ८–२ को फराकिलो जित निकाल्यो । आर्मीको जितमा कप्तान दिनेश हेन्जन र दिपेश आलेले ह्याट्रिक पूरा गरे । सुनिल श्रेष्ठले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । मच्छिन्द्रका शरद राई र पुकार खड्काले सान्त्वना गोल फर्काए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहिबार भएको खेलमा आर्मीले खेलको सातौ मिनेटमा नै दिपेश अग्रता बनाएको थियो । २५ औं मिनेटमा दिपेशले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । ३० औं मिनेटमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे । ३३ औं मिनेटमा शरद राईले गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर, ३९ औं मिनेटमा कप्तान दिनेश हेन्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै ४–१ को आरामदायी बनाएको थियो ।

पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा पनि ४ गोल गर्न सफल भयो । ५२ औं मिनेटमा पुकार खड्काले गोल गरेपछि मच्छिन्द्रले गोल अन्तरमा ४–२ मा झारेको थियो । ६० औं मिनेटमा कप्तान दिनेशले गोल गर्दै आर्मीलाई ५–२ को अग्रतामा राखे । ६५ औं मिनेटमा सुनिल श्रेष्ठले गोल गरेपछि आर्मीले खेलमा ६–२ को अग्रता बनायो । ७७ औं मिनेटमा आर्मीले आत्मघाती गोलको उपहार पाएको थियो । इन्जुरीमा समयमा कप्तान दिनेशले ह्याट्रिक पूरा गर्दै आर्मीलाई ८–२ को फराकिलो जित दिलाए ।

बिहिबारै भएको अर्काे खेलमा लुम्बिनीले सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । सरस्वतीमाथिको जितसँगै लुम्बिनीले समूहमा ७ अंक जोड्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

लुम्बिनीको जितमा प्रिनस गुरुङ र अमृत गुरुङले गोल गरे । खेलको चौथो मिनेटमा नै लुम्बिनीले प्रिन्स गुरुङको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको लुम्बिनीका लागि ६९ औं मिनेटमा अमृत गुरुङले गोल गर्दै लुम्बिनीलाई २–० को जित दिलाए । सरस्वतीमाथिको महत्वपूर्ण जितपछि लुम्बिनीका प्रशिक्षक बिकास गुरुङले खेलाडीहरुको मिहेनतले नै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको बताउदै सबै खेलाडीलाई धन्यवाद दिए ।

प्रतियोगिता अन्र्तगत शुक्रबार फ्रेण्डस् र मनाङ तथा हिमालयन शेर्पा र सुदूरपश्चिमबीच खेल हुनेछ । यि तीनै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित छ । समूहको चार खेलबाट थ्री स्टारको ५ अंक छ । फ्रेन्डसको ५, शेर्पा र सुदूरको समान ४ र मनाङको ३ अंक छ ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.