7 years ago
June 21, 2018
समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् ।
डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १-० ले पेरुविरुद्ध विजयी भएको थियो ।
यससंगै डेनमार्कको २ खेलमा ४ अंक भएको छ भने अष्ट्रेलियाले आफ्नो पहिलो अंक जोडेको छ । ३ अंकसहित रहेको फ्रान्स र अंकविहीन रहेको पेरु केही बेरमा खेल्दै छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]