default_image

7 years ago

June 21, 2018

ललित स्मृतिमा मनाङको पहिलो जित, थ्री स्टार समूह चरणबाटै बाहिर

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा विशव लामाको ह्याट्रिक मद्दतमा मनाङले हिमालयन शेर्पालाई ३–० ले पराजित गरेको हो ।

पहिलो जितसँगै मनाङले क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । विश्वले खेलको १८, ५३ र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यता, बुधबारै भएको पहिलो खेलमा रुस्लान थ्री स्टार फ्रेन्ड्ससँग २–२ गोलको बराबरीमा रोकिदै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

समूहको चार खेलबाट थ्री स्टारको ५ अंक रहेको छ । यो समूहमा फ्रेन्डस्को ५, शेर्पा र सुदूरको समान ४ र मनाङको ३ अंक रहेको छ । यिनीहरुले समुहमा १–१ खेल खेल्न बाँकी छ ।प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा थ्री स्टारले बराबरी गोल फर्काएको थियो ।

खेलको छैटौ मिनेटमा सन्देश न्यौपानेको गोलबाट फ्रेन्डस्ले अग्रता बनाएको थियो । आठौ मिनेटमा थ्री स्टारका टिकाराज गुरुङको गोलबाट थ्री स्टारले बराबरी गरेको थियो । १४ औं मिनेटमा सनिश श्रेष्ठेले गोल गरेपछि फ्रेन्डस्ले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

तर, खेलको इन्जुरी समयमा रोशन लामिछानले सनसनीपूर्ण गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुंगियो । प्रतियोगिता अन्र्तगत बिहिबार आर्मी र मच्छिन्द्र तथा लुम्बिनी र सरस्वतीबीच खेल हुनेछ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.