7 years ago
June 20, 2018
रोस्तोभ (एजेन्सी) – लगातार दोस्रो खेल जित्दै उरुग्वे रसियामा जारी विश्व कप फुटटबलको नकआउट चरणमा पुगेको छ । अन्तर्गत समूह चरणको दोस्रो खेलको साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे एक खेल अघि नै अन्तिम १६ मा पुगेको हो ।
लुइस स्वारेजको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै उरुग्वेले दोस्रो चरणको यात्रा तय गरेको हो । उरुग्वेका लागि सयौं खेलका रुपमा रहेको त्यो खेलमा स्वारेजले २३ औं मिनेटमा गोल गरेका थिए ।कर्नरमा आएको बललाई स्वारेजले नजिकबाट गोलमा परिणत गरेका थिए । समूह एबाट रसिया लगातार दुई खेल जित्नै प्रि क्वार्टरमा पुग्ने पहिलो टोली बनेको छ ।
रसिया र उरुग्वेले समान ६ अंक जोड्दा साउदी अरेबिया र इजिप्ट अंकविहिन छन् । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई पनि १–० ले हराएको थियो । रसियाले पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हराएको थियो । दोस्रो हारसँगै साउदी अरेबिया विश्व कपबाट बाहिरिएको छ ।
साउदी अरेबिया, इजिप्ट र मोरोक्कोपछि पछि विश्व कपबाट बाहिरिने तेस्रो राष्ट्र बनेको छ । समूह चरणमा अब उरुग्वे र आयोजक रसियाबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा प्रतियोगिताबाट बाहिरिएको साउदी अरेबिया र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]
February 22, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एभर्टनले शनिवार इंग्लिस प्रिमियर लिगमा २-२ को बराबरी खेलेका छन् । २-० ले पछि परेको खेलमा युनाइटेड बराबरी गर्न सफल भयो। घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे । युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे । १९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती […]