7 years ago
June 20, 2018
रोस्तोभ (एजेन्सी) –उरुग्वे रसियामा जारी विश्व कपअन्तर्गत समूह चरणको दोस्रो खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध १–० को अग्रता बनाएको छ । पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाउने छ ।
समूह एमा हिजो भएको खेलमा इजिप्टलाई हराउँदै आयोजक रसिया नकआउट चरणमा पुगिसकेको छ । साउदी अरेबियाले यो खेल गमाएमा इजिप्ट र मोरोक्कोपछि पछि विश्व कपबाट बाहिरिने तेस्रो राष्ट्र हुनेछ ।
लुइस स्वारेजको गोलबाट उरुग्वे आजको खेलमा अग्रता लिएको थियो । उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]