7 years ago
June 20, 2018
मस्को (एजेन्सी) – विश्वकप फुटबलमा समूह ‘ए’ बाट आयोजक रसियाले नकआउट चरणमा स्थान बनाइसकेको छ । लगातार दोस्रो जित निकालेर एक खेल अगावै नकआउट चरणमा स्थान बनाउन सफल रसियाले अन्तिम खेलमा उरुग्वेको सामना गर्दैछ ।
समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियाको सामना गर्नेछ । खेल रोस्टोभस्थित रोस्टोभ अन डन एरिनामा राति ८ः४५ बजेपछि हुनेछ ।
पहिलो खेलमा इजिप्टमाथि १–० को झिनो जित निकालेको उरुग्वे साउदी अरेबियालाई सहजै पराजित गर्दै अघि बढ्ने योजनामा हुनेछ । पहिलो खेलमा इजिप्टलाई हराउन उरुग्वले ठूलै मिहेनत गर्नुपरेको थियो । पहिलो खेलमा उरुग्वेले बल नियन्त्रण लिएपनि पोस्ट प्रहारमा उरुग्वेले ध्यान दिन सकेन ।
त्यसो त उरुग्वेका लागि साउदी बलियो प्रतिद्वन्द्वी होइन । १९९४ पछिका विश्वकपमा साउदीको प्रदर्शन राम्रो छैन । त्यतिबेला बेल्जियमलाई पराजित गरेयता साउदी विश्वकपमा जितबिहिन छ । त्यसो त साउदी उरुग्वेलाई पारजित गर्नेभन्दा पनि राम्रो फुटबल खेल्ने योजनामा हुनेछ ।
पहिलो खेलमै रसियासँग ५–० को हार बेहोरेको साउदीले विशेषगरी रक्षापंक्तिमा ध्यान दिनेछ । साउदी र उरुग्वेबीच अहिलेसम्म २ पटक मैत्रीपूर्ण खेल भएको छ । सन् २००२ र २०१४ मा भएको दुवै खेल बराबरीमा सकिएको थियो ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]