default_image

7 years ago

June 20, 2018

मोरक्कोविरुद्ध सहज जितको खोजीमा पोर्चुगल

50 views

0 Bookmark

मस्को (एजेन्सी) – आफ्नो सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डोप्रेरित पोर्चुगलले आज समूह चरणको दोस्रो खेलमा अफ्रिकी मुलुक मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल लुज्निकी स्टेडियम मस्कोमा साँझ ५ः४५ बनेपछि सुरु हुनेछ । पहिलो खेलमा उपाधिको दावेदार मानिएको स्पेनलाई अन्तिम समयमा ३–३ गोलको बराबरीमा रोक्न सफल पोर्चुगल मोरोक्कोसँग सचेत रहँदै जितका लागि मैदान उत्रनेछ ।

मोरक्कोमाथि जित हात पारे पोर्चुगलले दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्नेछ । बराबरीको नतिजाले भने पोर्चुगलको दोस्रो चरण पुग्ने सम्भावना झिनो हुनेछ । टिममा रोनाल्डोबाहेक औसतका खेलाडी रहेपनि उनीहरूले संगठित प्रदर्शन गरेका छन् । उनीहरूले संगठित प्रदर्शन गर्दा रोनाल्डोले खुलेर खेल्ने मौका पाएका थिए ।

मोरक्कोमाथि युरोकप च्याम्पियन पोर्चुगलसँग पछिल्ला चार संस्करणमा गोल गर्न सफल रोनाल्डो फेरि एकपटक हावी हुन सक्नेछ । पहिलो खेलमै ह्याट्रिक गरेका रोनाल्डोले  विश्वकपमा समेत अमिट छाप छाड्ने संकेत गरिसकेका छन् । रोनाल्डोेलाई जोआ मारियो, बर्नाडो सिल्भाले राम्रो साथ दिएका थिए । तर, इतिहास हेर्ने हो भने पोर्चुगल मोरक्कोमाथि कमजोर छ ।

यी दुई टोली दोस्रोपटक आमनेसमाने हुन लागेका हुन् । इतिहास हेर्दा मोरक्को माथि छ । मोरक्कोले सन् १९८६ को विश्वकपमा पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो । यता, इरानविरुद्धको खेलमा आफ्नै गल्तीमा गोल खाँदा पराजित हुनुपरेको मोरक्को पोर्चुगलविरुद्ध सचेत भएर खेल्ने पक्का छ ।

समूह चरणको पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको मोरक्को निक्कै दवावमा रहेको छ । त्यसपछि खेलाडीको चोटल मोरक्कोलाई झनै सताएको छ । इरानविरुद्धको खेलमा चोट बोकेका डिफेन्डर नोर्दिन अम्राबात नाबिल डिरर घुडाँको चोटका कारण आजको खेल गुमाउन सक्ने सम्भावना छ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.