7 years ago
June 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुई संस्करणको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ को गोल अन्तरले पराजित गर्दै आर्मी एक खेलअगावै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले समान २ गोल गरे । एनआरटीका रन्जित पुडासैनीले एक गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आर्मीले खेलको २१ औं मिनेटमा सुसन लामाको गोलबाट अग्रता बनाएको थियो । तर, आर्मीको अग्रता दुई मिनेट पनि टिकेन । एनआरटीका रन्जितले बराबरी गोल फर्काएका थिए । २८ औं मिनेटमा सुसनले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मीको पछिल्लो दुवै गोल विवेक चौधरीको नाममा रह्यो । विवेकले खेलको ८५ औ र ८८ औं मिनेटमा गोल गर्न सफल भए ।
समूह ‘ए’ बाट आर्मी समूह विजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गर्दा बाँकी तीन टोलीको नकआउट पुग्ने सम्भावना यथावत छ । सबै खेल खेलिसकेको एनआरटीको ६ अंक रहेको छ भने, लुम्बिनीको ४ तथा सरस्वतीको ३ अंक छ ।
मंगलबारै भएको अर्काे खेलमा लुम्विनी र मच्छिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । मच्छिन्द्रले खेलमा बनाएको शुरुवाती अग्रता अन्तिम समयसम्म जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो मच्छिन्द्रले खेलको ११ औं मिनेटमा मनिष सेढाईंको गोलबाट अग्रता बनाएको थियो । लुम्बिनीका मोहन थापाले ८९ औं मिनेटमा बराबरी गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत बुधबार थ्री स्टार र फ्रेन्डस् तथा मनाङर हिमालयन शेर्पाबीच खेल हुनेछ ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]