default_image

6 years ago

June 19, 2018

पहिलो चरणको अन्तिम खेलमा पोल्यान्ड र सेनेगल भिड्दै

42 views

0 Bookmark

मस्को (एजेन्सी)– सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको थियो ।

त्यो टोलीका लागि सफल इतिहास थियो । १६ वर्षपनि लिभरपुलका साडियो माने त्यस्तै अर्को टोलीलाई नयाँ इतिहास लेख्न चाहन्छन् । यसपटक सेनेगलले पोल्यान्डको सामना गर्दै विश्व कपको सुरुवात गर्दैछ ।

पोल्यान्ड त्यहि टोली हो जसको मुख्य खेलाडी रोर्बट लेवान्डोवस्की छन् । जसले विश्व कपको छनोट चरण १६ गोल गरेका थिए । पोल्याण्ड र सेनेगल रहेको समूह बीमा कोलम्बिया र जापान पनि छन् । यी दुईबीचको खेल नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु हुनेछ ।

विश्वकपका पछिल्ला संस्करणमा खासै प्राव जमाउन नसकेका पोल्याण्ड र सेनेगलमा आकर्षक खेलाडीको उपस्थिती रहेको छ ।नकआउट चरण पुग्नका लागि सबै टोलीका लागि पहिलो खेल महत्वपूर्ण हुने गर्दछ ।

विश्व कप छनोटमा कुनै पनि खेल नगुमाई सेनेनल विश्व कपमा पुगेको थियो । ६ मध्ये टोलीले ४ जित र २ खेलमा बराबरी गरको थियो ।अर्कोतर्फ पोल्यान्डले पनि छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीले १० खेल मक्ये ८ मा जित, १ माबराबरी र १ मा हार बेहोरेको थियो ।

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

Success

Thank you for your time.