default_image

7 years ago

June 19, 2018

केन चम्किंदा इंग्ल्यान्ड विजयी

67 views

0 Bookmark

भोल्गोग्राड (एजेन्सी) – विश्वकप समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २-१ ले हराएको छ । इंग्ल्यान्डका लागि दुवै गोल उसका कप्तान ह्यारी केनले गरे ।

खेलको ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर कायल वाल्करको फउलमा ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत गर्दै ट्युनिसियालाई खेलमा फर्काएका थिए ।

तर, इन्जुरी समयको पहिलो मिनेटमा फेरी गोल गर्दै केनले ट्युनिसियालाई निराश गर्दै प्रशिक्षक ग्यारेथ साउथगेटलाई महत्त्वपूर्ण ३ अंक दिलाए । यसअघि समूह ‘जी’ मा बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]

Success

Thank you for your time.