7 years ago
June 18, 2018
सोजी (एजेन्सी) – विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम र पानामाको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
बेल्जियमले खेल बढी नियन्त्रणमा लिए पनि पानामाको रक्षापंक्ति बलियो देखिएको छ । बेल्जियमका लागि एडेन हाजार्ड र ड्राइस मर्टेन्स गोल गर्न नजिक आएका थिए । विश्वकपमा बेल्जियमलाई पनि बलियो टोलीका रुपमा लिइएको छ ।
यसअघि दाबेदार मानिएका ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए भने जर्मनी पराजित हुन पुग्यो । पानामा पनि बेल्जियमलाई निराश गर्ने खोजीमा रहेको छ । दोस्रो हाफ केही बेरमा सुरु हुंदैछ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]