7 years ago
June 19, 2018
मस्को (एजेन्सी)– लियोन मेस्सी पेनाल्टीमा गोल गर्न चुकेकै कारण अर्जेन्टिना आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको भनाईमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले अस्वीकार गरेका छन् । सर्जियो अगुएरोले पहिलो गोल गरेपनि आइसल्यान्डका लागि अल्फ्रेड फिबोगासनले बराबरी गोल फर्काएका थिए ।
अर्जेन्टिनालाई जिताउने अवसर मेस्सीसँग थियो । तर, प्राप्त पेनाल्टीमा उनले गोल गर्न सकेनन् । उनको प्रहारलाई आइसल्यान्डका गोलकिपर हानेसप्रो हालडोर्सनले रोको थिए । समर्थक र सञ्चारमाध्यमले भने मेस्सीका कारण अर्जेन्टिनाले अंक गुमाउनु परेको र ३ अंक जोड्न नसकेको उल्लेख गरेका छन् ।
‘म खेलाडीलाई दोष दिन चाहन्न,’ म्यारोडोनाले भने,‘हाम्रो सामूहिक प्रयासमै कमी थियो । म कुनै खेलाडीलाई मात्र दोष दिन्न । मेस्सीलाई पनि दिन चाहन्न । मैले आफुले खेल्दा ५ वटा पेनाल्टी चुकाएको थिए । तर पनि म डिएगो अर्मान्डो म्यारोडोन हु । मलाई लाग्दैनकी मेस्सीले पेनाल्टी चुकाएकै कारण हामीले २ अंक गुमाएका हौं ।’
समूह चरणमा अब क्रोएसिया र नाइजेरियाविरुद्ध हुने खेलमा सफल नतिजा निकाल्न सके अर्जेन्टिना नकआउट चरणमा पुग्न सक्छ । बाँकी दुवै खेल जित्दा टोली समूह विजेता बन्ने सम्भावना पनि छ । मेस्सीले पहिलो खेलको निराशाजनक प्रदर्शनलाई विर्सेर बाँकी दुई खेलमा केन्द्रित हुनुपर्नेछ । यदि उनका विषयमा गरिएको चर्चा सहि हो भने यो उनको अन्तिम विश्वकप हुनेछ । त्यसअघि उनी खेल जीवनलाई सफल पार्न पक्कै पनि विश्व कप जित्न चाहन्छन् ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]