7 years ago
June 18, 2018
रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।
साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै ब्राजिललाई निराश बनाएका थिए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए ।शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।
त्यसका वावजुद पनि नेयमारले केहि प्रयास गरे, तर सफल हुन सकेनन् । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टा रिका अंक विहिन छ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]