7 years ago
June 18, 2018
मस्को (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा दुःख लागेपनि विश्व कप समह चरणका बाँकी खेलका लागि थप प्रतिबद्ध रहेको बताएका छन् । दोस्रो हाफमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
आइल्यान्डका गोलकिपर हानेस हाल्डोर्सनले उनको पेनाल्टीलाई रोकेका थिए । खेल मेस्सीका लागि पीडादायक बनेपनि अर्जेन्टिजा जितको हकदार थियो । तर, पेनाल्टीमा गोल गर्न नसकेपछि टोली तीन अंक जोड्नबाट बिमुख रह्यो ।
‘मैले खेलको कथा बदल्न सकिन । पेनाल्टी हाम्रा लागि फाइदाजनक बनाउन सकिएन,’ खेलपछि मेस्सीले भने, ‘पेनाल्टीमा गोल गर्न नसक्दा निश्चयनै त्यसले दुःख लागेको छ । हामीले जित्नुपर्ने खेल थियो ।’ उनले टोली तीन अंकको हकदार रहेको पनि बताए । ‘जितका साथ प्रतियोगिताको सुरुवात गर्नु सधै महत्वपूण हुन्छ ,’ मेस्सीले भने, ‘अब हामीले क्रोएसियाविरुद्धको खेलका बारेमा सोच्नु पर्दछ ।’
खेलभर पोस्टमा ११ आक्रमण गरेपनि मेस्सी गोल गर्न असफल भए । अल्फ्रेड फिबोग्सनले बराबरी गोल गर्नुअघि अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए । तर, विपक्षी खेलाडगीले आफुलाई पेनाल्टी बक्समा फाउल हानेपछि प्राप्त पेनाल्टीमै मेस्सी चुके । जसको फलस्वरुण पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड अर्जेन्टिनासँगको खेलमा १ अंक जोड्न सफल भयो ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]