7 years ago
June 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको लुम्बिनी फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबलमा पहिलो जित निकालेको छ । प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा लुम्विनीले न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्विनीले खेलको ११ औं मिनेटमा अग्रता बनाएको थियो । लुम्विनीका मोहन थापाले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको लुम्विनीले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो ।
एनआरटीका रोजित पुडासैनीले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ६४ औं मिनेटमा सुन्दर खड्काले गोल गर्दै लुम्विनीलाई फेरि २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हन नसक्दा लुम्बिनी २–१ ले विजयी हुन सफल भयो । जितपछि लुम्विनीले समूह ‘ए’ मा तीन अंक जोड्न सफल भएको छ । पराजित एनआरटी तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]