default_image

6 years ago

June 16, 2018

लालबन्दी गोल्डकपमा खेलाडी सम्मानित

34 views

0 Bookmark

सबिन सेर्मा
झापा (हाम्रो खेलकुद)– पूर्व महिला राष्ट्रिय खेलाडी उषा भण्डारीसहित अन्य खेलाडी गृह जिल्लामा सम्मानित भएकी छिन् । सर्लाहीको लालवन्दी मा शनिबार सम्पन्न लालवन्दी गोल्डकप फुटबल प्रतियोगिताको समापनका दौरान आयोजक लालवन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघले उनलाई सम्मान गरेको हो ।

माध्यमबाट जिल्लालाई देशभर परिचित बनाउन योगदान गरेकोमा सम्मान गरेको बताइएको छ । उनलाई प्रशंसा पत्रसहित २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । उषा एक दशकभन्दा लामो समयदेखि एपिएफमा आबद्ध छिन् । सम्मानति हुने अन्य खेलाडीमा पूर्व राष्ट्रिय खेलाडी नेपाल पुलिस क्लबका जुमानु राई, त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकी, रोजित केसी र एपिएफका आदित्य चौधरी छन् ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.