7 years ago
June 17, 2018
मस्को (एजेन्सी)– रसिया विश्वकपमा आजबाट समूह ‘ई’ का खेलहरु हुदैछन् । समूहको पहिलो खेलमा कोष्टारिकाले सर्बियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि सामरा स्टेडियम सामरामा हुनेछ । यि दुई टिम पहिलोपटक एक आपसमा खेल्न लागेका हुन् ।
दुवै टोली खेललाई आफ्नो पक्षमा पार्दै दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाउन चहान्छन् । त्यसैले यि दुई टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिसपर्धात्मक हुने अपेक्षा गरिएको छ । कोस्टारिका चार वर्षअघि ब्राजिल विश्वकपमा पाएको सफलता रसिया विश्वकपमा दोहो¥याउने लक्ष्यमा हुनेछ ।
कोस्टारिकाले त्यतिबेला इटाली, इङ्ल्यान्ड र उरुग्वे रहेको समूहबाट आश्चर्यजनक रूपमा क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । प्रशिक्षक ओस्कार रामिरेजले पाका र भेट्रान खेलाडीलाई समेट्दै रुस भ्रमणलाई निकै सन्तुलित टोली बनाएका छन् । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाइका गोलरक्षक केलर नाभास टिममा रहनु पनि टोलीका लागि खुसीको कुरा हो ।
नाभास विश्वस्तरका सबै विपक्षी स्ट्राइकरसँग जानकार रहेकाले पनि यसको फाइदा कोस्टारिकाले उठाउन सक्नेछ । तर, टिमका मुख्य खेलाडी ब्रायन लुइज र जोइल क्याम्पवेलको चोट कोस्टारिकाका लागि घातक हुन सक्छ । ठूला टिमलाई पराजित गर्न सक्ने क्षमता कोस्टारिकाको टोलीमा रहेको छ ।
कोष्टा रिकाले विश्वकप अघिको दुवै खेल गुमाएको गियो । पहिला खेलमा इंग्ल्याण्डसँग २–० ले पराजित भएको कोष्टा रिका दोस्रो खेलमा बेल्जियमसँग ४–१ ले पराजित भएको थियो । कोष्टा रिकाका लागि एकमात्र गोल ब्रायन रुइजले गरेका थिए । यता, सर्विया पनि कमजोर टोली भने होइन ।
सर्बियासँग चेल्सीका पूर्व डिफेन्डर ब्रानिस्लाभ इभानोभिकजस्ता भेट्रान खेलाडी रहेको छ । उनी सर्वियाका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । सर्बियाका कप्तान एलेक्ससान्डर कोलारोभले कोष्टा रिकाविरुद्ध आफ्नो खेल खेल्ने बताएका छन् ।
सर्वियाले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा १ जित र १ हार बेहोरेको थियो । चिलीसँग १–० ले पराजित सर्वियाले दोस्रो खेलमा बोलिभियालाई ५–१ ले पराजित गर्दै विश्वकपमा दरिलो उपस्थितिको सम्भावना देखाएको थियो ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]