7 years ago
June 17, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज साविक विजेता जर्मनी मेक्सिकोसंग भिड्दै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ ।
जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ । पछिल्ला ३ भेटमा जर्मनीले तीनै पटक जित हांसिल गरेको छ । आज पनि सहज जितसंगै जर्मनी आफ्नो उपाधि रक्षा गर्ने अभियानको सुरुवात गर्ने छ ।
तर, पछिल्लो मैत्रीपूर्ण खेलमा आफ्नो पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारे बावजुद जर्मनीले साउदी अरेबियालाई २-१ ले जितेको थियो, जसमा जर्मनीको प्रदर्शन सोचेभन्दा केही फितलो थियो । हिर्भिङ लोजानो, कार्लोस भेला र गियोभानी डस सान्टोससम्मिलित मेक्सिकोको अग्रपंक्ति पक्कै पनि चुनौतिका रुपमा प्रस्तुत हुने छन् ।
जर्मनीका लागि मेसुट ओजिल सामान्य घाइते रहेका थिए तर उनी यस खेलमा पुनरागमन गर्ने देखिएको छ । उनले अग्रपंक्तिमा मार्को रोयस, थोमस मुलर र युवा स्ट्राइकर टिमो वेर्नरलाई साथ दिने छन् ।
हेर्न लायक खेलाडी
हिर्भिन लोजानो (मेक्सिको)
थोमस मुलर (जर्मनी)
अनुमान
जर्मनी ३-१ मेक्सिको
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]